यामाहा आर १५ भर्सन ४ बिक्री शुरु

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । यामाहाको नयाँ मोटरसाइकल आर १५ भर्सन ४ नेपालमा बिक्री शुरु गरिएको छ । केही समय अघि नेपाली बजारमा सार्वजनिक यो मोडलको बिक्री शुरु गरिएको हो ।

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले नक्सालमा निर्मित ब्लू स्क्वायर शोरुमबाट बिक्री शुरु गरेको हो । कम्पनीले आर १५ को नयाँ अपग्रेडेड भर्सन ४ भृकुटीमण्डपमा केही समयअघि सार्वजनिक गरेको थियो ।

आर १५ भर्सन भी ४ मा क्वीक सिफ्टर, स्लिपर क्लच, ट्रयाक्सन कन्ट्रोल, राइडिङ मोड जस्ता फिचर उपलब्ध रह्को कम्पनीले जनाएको छ । नयाँ डिजाइनको फ्रन्ट लुक भएको यो मोटरसाइकलमा सिंगल पड हेडल्याम्पका साथै डिआरएल दिइएको छ ।

स्पेसिफिकेशनका हिसाबले यो मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्वीड कुल्ड भिभिए एफआई इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम १८.३ बीएचपी र १४.१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्सको साथमा स्लीपर क्लच दिइएको छ । यो मोटरसाइकलको कुल तौल १४२ किलोग्राम रहेको छ । यो मोटरसाइकलको मूल्य ५ लाख ६२ हजार रुपैयाँ तोकिएको छ ।