
काठमाडौं, १४ कात्तिक । सवारी कम्पनी फोर्डले आफ्नो ‘फिएस्टा’ मोडलको उत्पादन बन्द गर्ने भएको छ । विगत ४६ वर्षदेखि उत्पादन हुँदै आएको यो मोडल बन्द गर्नुमा कम्पनीले विद्युतीय सवारीमा जोड दिन लागेकोले रहेको बुझिएको छ ।
यो दशकको अन्त्यसम्ममा यूरोपमा विद्युतीय गाडी निर्माण एकत्रित भएर लाग्नका लागि ‘फिएस्टा’ ह्याचब्याक मोडलको उत्पादन अन्त्य गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
यही निर्णय अनुरुप ४६ वर्षदेखि उत्पादन हुँदै लोकप्रिय बन्दै आएको फोर्ड फिएस्टा उत्पादन अर्को वर्षसम्म मात्र हुनेछ । यसबाहेक फोर्डका एस-म्याक्स र ग्यालेक्सी एमपीभी जस्ता संकरणको उत्पादन पनि बन्द हुनेछ । अन्य कम्पनीहरु पनि विद्युतीय तर्फ रुपान्तरण हुँदै गएकाले प्रतिस्पर्धाका लागि पनि कम्पनीले अब सबै गाडीलाई विद्युतीय यात्रुवाहक सवारी उत्पादनमा रूपान्तरण गरिने बताएको छ ।
फिएस्टा मोडलको उत्पादन गर्ने निर्णय आगामी २०२४ सम्म यूरोपमा ७ ओटा नयाँ विद्युतीय सवारीहरू ल्याइसक्ने योजना अनुरुप रहेको कम्पनीले जनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




