एनसीसी बैंकको सेयर मूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित



काठमाडौं, १५ कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्श बैंक ९एनसीसी० को सेयर मूल्य नेप्से समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समयोजन गरेर नयाँ मूल्य तोकेको हो । नेप्सेले बैंकको ३।३७ प्रतिशत बोनस सेयर समायोजन गरेपछि हाल बैंकको सेयर मूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ ।

यो बैंक  हाल कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार गत असोज १० गतेदेखि रोक्का रहेको छ । बैंकले हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस शेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न आगामी मंसिर २ गते २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।