दक्षिण कोरियामा थपिए ४६ हजार बढी कोरोनाका नयाँ सङ्क्रमित

-



     सफल आवाज    
     कार्तिक १७ गते २०७९ मा प्रकाशित



सोउल, १७ कात्तिक । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार ८ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार २ सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएको छ । एक दिनअघि सङ्क्रमितको सङ्ख्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजार ८ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सीले बताएको छ ।

गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार २ सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।