
काठमाडौं, २१ कात्तिक । हिरो मोटोकर्पले एक्सपल्स २०० टीको नयाँ भर्सन नयाँ इन्जिनसहित सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि ल्याएको एक्सपल्स २०० टी मोडल अब ४ भल्भ भर्सनमा ल्याउने भएको हो । कम्पनीले हालै सामाजिक सञ्जालमा एक्सपल्स २०० टी ४ भीको टिजर सार्वजनिक गरेको छ ।
कम्पनीले एक्सपल्स २०० टीमा रहेको इन्जिन अपग्रेड गरेर ल्याउन लागेको मोडलको ग्राफिक्समा पनि केही परिमार्जन गरेको बुझिएको छ । परिमार्जन अनुसार नयाँ एक्सपल्स २०० टी ४ भीको अगाडिको सस्पेन्सनमा फोर्क कभर गेटर र नयाँ भाइजर राखिएको छ ।
अब आउने नयाँ मोटरसाइकलमा हिरोले १९९.६ सीसीको सिंगल सिलिन्डर, आयल कुल्ड, एफआई ३ भल्भ इन्जिन दिएको छ । यो इन्जिनले १८.९ बीएच पावर तथा १७.३५ एनएम टर्क जेनेरेट गर्ने कम्पनीले जनाएको छ । यसमा ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
नयाँ आउने मोटरसाइकलमा टर्न बाइ टर्न नेभिगेशन, यूएसबी चार्जिङ पोर्ट, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर उपलब्ध हुने बताइएको छ । यसको दुवै पाङ्ग्रामा डिस्क ब्रेक सहित सिंगल च्यानल एबीएसले दिइएको छ । परिमार्जित संस्करणको एक्सपल्स २०० टीको मूल्य हाल उपलब्ध मोडलको तुलनामा केही बढेर बजारमा आउने आकलन गरिएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




