
काठमाडौं, २२ कात्तिक । साउदी अरेबियाले आफ्नै विद्युतीय सवारी साधन निर्माण भएको छ । ताइवानी कम्पनी फक्सकनसँगको साझेदारीमा यस प्रकारको सवारी साधन विकास तथा उत्पादन गर्ने साउदी अरेबियाको योजना रहेको छ । साउदी अरेबिया विश्वको सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश भए पनि पछिल्लो समय विश्वभर विद्युतीय सवारीप्रति चासो र प्रयोग बढिरहेकाले यस्तो निर्णय गरेको बुझिएको छ ।
साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फण्ड र ताइवानको फक्सकनको संयुक्त लगानीमा उत्पादन हुने विद्युतीय सवारीको ब्राण्डको नाम ‘सेर’ राखिने बताइएको छ । यो विद्युतीय कारमा जर्मनीको प्रख्यात कार निर्माता कम्पीन बीएमडब्लूबाट लाइसेन्स प्राप्त पार्टपुर्जाहरुको प्रयोग हुनेछ ।
फक्सकन एप्पलको आईफोनका लागि काम गर्ने आपूर्तिकर्ता हो भने यसले ताइवानमा आफ्नै विद्युतीय सवारी विकास तथा निर्माण गर्ने प्लेटफर्म तयार गरिसकेको छ । यसबाट फक्सट्रन नामको विद्यीतय ब्राण्डको कार बनाएर ताइवानी बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ ।








नारायणगढ (चितवन), ५ मङ्सिर। चार दशकदेखि मुलुकमा सनातन वैदिक धर्मको प्रवर्द्धन तथा धार्मिक पर्यटन विकासको…
चितवन, ५ मङ्सिर। प्रहरीले ४४३ किलो लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ गरेको छ…
काठमाडौं, ५ मंसिर। पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




