३६८.६८ प्रतिशतले बढ्याे नेशनल हाइड्रोकाे आम्दानी

-



     सफल आवाज    
     कार्तिक २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ कार्तिक । नेशनल हाइड्रोपावर कम्पनीकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्म बिद्युत बिक्री आम्दानी उल्लेख्य मात्रामा बढेकाे छ।

कम्पनीकाे सार्वजनिक भएकाे वित्तीय विवरण अनुसार गएकाे वर्षकोभन्दा सोही अवधिमा विद्युत बिक्रीकाे आम्दानी धेरै बढेको पाइएकाे हाे।

असोज महिनाकाे मसान्तसम्म कम्पनीले विद्युत बिक्रीबाट ६ करोड ३६ लाख २८ हजार रुपैयाँ कमाएकाे छ। यो कमाइ गएकाे वर्षकोभन्दा ३६८.६८ प्रतिशतले बढी हो। गएकाे वर्ष कम्पनीकाे कमाइ १ करोड ३५ लाख रुपैयाँ रहेकाे थियाे।

कम्पनीको विद्युत बिक्रीकाे आम्दानी बढेकाे भएपनि कम्पनीको खुद नाफा घटेकाे छ । याे नाफा ९८.८४ प्रतिशतले घटेर ६८ लाख १८ हजार रुपैयाँ कायम भएकाे छ।

कम्पनीको ईपिएस आम्दानी ४० रुपैयाँ ७३ पैसा घटेर १ रुपैयाँ ६६ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ९७.९१ प्रतिशत रहेको छ । नेटवर्थ १०१ रुपैयाँ ३६ पैसा छ।

कम्पनीले सुनकोशी हाइड्रोपावरलाई प्राप्त गरेको छ। चुक्ता पूँजी १८.७० प्रतिशतले बढेको देखिन्छ। जगेडा कोषमा ८९.७३ प्रतिशतले घटेको देखिन्छ।