भुम्दीकोट समाजको राहत

-



     सफल आवाज    
     असार २३ गते २०७७ मा प्रकाशित


सहयोगकाे सांकेतिक तस्बिर।


पोखरा, २३ असार । पोखरा वडा २२, भुम्दी क्षेत्रका १४० घर परिवारलाई खाद्यान्न राहत वितरण गरिएको छ। भुम्दीकोट समाज हङकङद्वारा संकलित ३ लाख ३७ हजार २ सय रुपैयाँको राहत भुम्दीकोट समाज पोखराले कार्यक्रम आयोजना गरी राहत वितरण गरेको हो।

कोभिड–१९ कोरोना भाइरसका कारण लकडाउनले प्रभावित पोखरा–२२ का उल्लेरी, ढावा, भुम्दी, तारेभीर, पलाइचे, देउरालीस्वाँरा, काब्रे, चिसापानी, देरस्वाँरा गाउँलेहरु र उक्त गाउँबाट पोखरा आई बसोवास गरेका १० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो।

भुम्दीकोट समाज हङकङका अध्यक्ष चित्रबहादुर गुरुङ र सल्लाहकार क्या.चेतबहादुर गुरुङको विशेष पहलमा संकलित राहत रकमबाट प्रत्येक परिवारलाई २५ किलो चामल, नुन, तेल, दाल, चिनी, चियापत्ति क्या.टेकबहादुर गुरुङले हस्तान्तरण गरेका हुन्।

सो खाद्यान्न राहत ढुवानी सहयोग पशुपति हार्डवयरले गरेको कार्यक्रम संयोजक नरध्वज गुरुङले बताए ।