गरिमा विकास बैंक २०औं बर्षमा प्रवेश

-



     सफल आवाज    
     मंसिर ७ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ७ मंसिर। बालुवाटार काठमाडाैंमा केन्द्रीय कार्यालय रहेकाे गरिमा विकास बैंक लिमिटेड आजदेखि २०औं वर्षमा प्रवेश गरेकाे छ ।

साे अवसरमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले बैककाे सफलतामा साथ दिने सम्पूर्ण ग्राहक वर्ग शेयरधनीहरू, संचालक समिति, कर्मचारीहरू र शुभेच्छुकहरूमा धन्यबाद तथा शुभकामना व्यक्त गरेका छन।

वार्षिकोत्सवकै अवसरमा बैकले आज देशभरका बिभिन्न शाखा कार्यालयहरूमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिरहेकाे छ। त्यस्तै अन्य सहयाेग तथा सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरू पनि गरिने बैकले जनाएकाे छ।

२०औँ वार्षिकोत्सवको अवसरमा विकास बैंकले यसअघि ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित तेस्रो संस्करणको गरिमा रोड रेस २०८३ सम्पन्न गरिसकेकाे छ । प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावक सहभागी भएकाे बैकले जनाएकाे छ ।

राष्ट्रिय स्तरकाे यस बिकास बैकले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक प्रबिधिमैत्री बित्तीय सेवा प्रदान गर्दै आइरहेकाे छ।