
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले भारत आक्रान्त बनेको छ । भारतमा एकै दिन २७ हजार बढी संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमित हुने संख्या एकैदिनमा संक्रमित भएकाहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
योसहित भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या आठ लाख २० हजार ९ सय १६ जना पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । भारत तेस्रो धेरै सङ्क्रमितहरु रहेको देशमा पर्दछ । भारतमाभन्दा धेरै अमेरिका र ब्राजिलमा सङ्क्रमित छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभरी कोरोनाभाइरसका कारण गएको २४ घण्टामा ५ सय १९ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
देशभरी कुल सङ्क्रमितमध्ये २ लाख ८३ हजार ४०७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी पाँच लाख १५ हजार ३८६ जना सङ्क्रमणमुक्त भएका छन् भने २२ हजार १२३ जनाको मृत्यु भएको छ । भारतका प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेश बढी प्रभावित भएको छ ।

महाराष्ट्रमा मात्रै दुई लाख ३८ हजार ४६१ जना सङ्क्रमित हुदाँ दोस्रो धेरै सङ्क्रमित भएको तमिल नाडुमा एक लाख ३० हजार २६१ जना र तेस्रो धेरै सङ्क्रमित भएको दिल्ली प्रदेशमा एक लाख नौ हजार १४० जना सङ्क्रमित भएका छन् ।
निको भई घर फर्किनेको सङ्ख्या ६२ दशमलव ४२ प्रतिशत, मृत्यु दर २ दशमलब ७२ प्रतिशत भारतमा कोभिड–१९ सङ्क्रमितमध्ये ६२ दशमलव ४२ प्रतिशत व्यक्ति उपचारपछि निको भई घर फर्किएका भारतको संघीय मन्त्रालयले जनाएको छ ।
मृत्युदर २ दशमलव ७२ प्रतिशतमा झरेको छ । देशका १८ राज्यहरूमा सङ्क्रमित निको हुनेको राष्ट्रिय दरभन्दा औसत दर बढी रहेको बताइएको छ । त्यस्तै विभिन्न ३० राज्यमा मृत्युदर राष्ट्रिय तथ्याङ्कभन्दा कम रहेको छ । एजेन्सीको सहयोगमा