
माइती नेपालाई श्रीपति कोइराला गुठी पोखराले २ लाख २२ हजार रुपैयाँ बराबरको ‘श्रीपति समाजसेवा पुरस्कार’ प्रदान गरेको छ ।
२१३औं श्रीपति जयन्ती अवसरमा पोखरामा पुरस्कारको घोषणा गर्दै गुठीले पहिलो पटक माइती नेपाललाई रोजेको हो ।
समाजसेवाका साथै मानवीय क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति हरेक वर्ष सो पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष लक्ष्मण कोइरालाले जनाए ।
गुठीले श्रीपति समाजसेवा पुरस्कार छनोट नियमावली यसअघि नै तयार भएको र सोही नियमावली अनुसार माइती नेपाललाई पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष कोइरालाले जानकारी दिए । पुरस्कार संस्थाको साधारणसभा अवसरमा प्रदान गरिनेछ ।
माइती नेपालले हाल मानव बेचबिखन, यौन दूराचारविरुद्ध कार्य गर्दै आएको छ । साथै घरेलु हिंसामा परेका महिलाको उद्धार, सहयोग, आश्रय, शिक्षा र सशक्तीकरण क्षेत्रमा उत्कृष्ट सेवा पुर्याउँदै आएको छ ।
सो अवसरमा श्रीपतीको सालिकमा माल्यार्पण गरी कार्यक्रम उद्घाटन गरिएको थियो ।