तनहुँको ऋसिङ र म्याग्देमा पहिरो

- १ जनाको मृत्यु, ५ बेपत्ता, १ घाइते

-



     सफल आवाज    
     असार २९ गते २०७७ मा प्रकाशित



तनहुँ जिल्लाको रिसिङ गाउँपालिका वडा ८, पल्टयाङ भैसिलिकीका स्थानीय अनबहादुर थापाको २ वटा घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका छन् ।

गएराति पौने २ बजे आएको पहिरोले उनकी श्रीमती ६० वर्षीया ज्योतिमाया थापा घाइते छिन् । उनी छुट्टै घरमा सुतेकी थिइन् ।

यस्तै, अर्को घरमा सुतेकामध्ये अनबहादुरका जेठा छोरा ३० वर्षीय भेषबहादुर थापा, बुहारी २९ वर्षीया नानुमाया, नातिनी ५ वर्षीया अमिषा बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक राजेन्द्रबहादुर रेग्मीले जानकारी दिए ।

यस्तै, अनबहादुरका कान्छा छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसरा पनि बेपत्ता छन्।

बेपत्ताको जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले स्थानीयको सहयोगमा खोजी कार्य जारी राखेको छ ।

यसैगरी, म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घरको भित्ता पुरिँदा १७ वर्षीया किशोरी लक्ष्मी विकको मृत्यु भएको छ ।