नारायणगढ–मुग्लिन सडकखण्डकाे सत्रकिलोमा सडक भासियाे, एकतर्फी मात्रै सवारी सञ्चालन

-



     सफल आवाज    
     असार २९ गते २०७७ मा प्रकाशित



 नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर–२९ सत्रकिलो भन्ने स्थानमा सडक भासिएको छ । अहिले एकतर्फी रूपमा मात्रै सवारी सञ्चालन भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार सोमबार विहान ९ः१० बजेको समयमा सडक भासिएको हो

अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न तीन ठाउँमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।