बँदेल आक्रमणमा ३ घाइते

-



     सफल आवाज    
     असार ३० गते २०७७ मा प्रकाशित




पूर्वी नवलपरासीको गँैडाकोटमा बँदेल आक्रमणमा परी ३ जना गम्भीर घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार गैडाकोट १२, सिख्रौलीस्थित नारायणी नदी किनारमा रहेको खेतको पानी कटाउने क्रममा ३ जनालाई जंगली बँदेलले आक्रमण गरेको हो ।


आक्रमणमा परी गैडाकोट १२ निवासी ३७ वर्षीय राजु बस्नेत, ३० वर्षीय पूर्णबहादुर श्रेष्ठ र १७ वर्षीय सिर्जना परियार घाइते भएका छन् ।


उनीहरुको अवस्था गम्भीर रहेको र जिल्ला सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको हात, खुट्टा र ढाडमा चोट लागेको छ ।