स्याङ्जाको कालीगण्डकीमा पहिरो, ३ जनाको मृत्यु

-



     सफल आवाज    
     असार ३० गते २०७७ मा प्रकाशित



कालीगण्डकी गाउँपालिका स्याङ्जामा पहिरोमा परी ३ जनाको मृत्यु भएको छ ।

मंगलबार गाउँमा आउने पानी बनाउन जान भनी हिड्ने क्रममा ६ जना स्थानीयहरु पहिरोमा परेका हुन् । पहिरोमा १ बेपत्ता छन् भने २ घाइतेको उपचार भइरहेको छ ।

घटनामा कालीगण्डकी गाउँपालिका वडा ४ का इमानसिंह राना, ६० वर्षीय जीमानसिंह थापा र ५० वर्षीय टीकाबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

पहिरोमा कालीगण्डकी गाउँपालिका वडा ४ खहरेका ६० वर्षीय प्रेमचन्द्र पाण्डे बेपत्ता छन् । उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

वडा सदस्यसमेत रहेका ६८ वर्षीय हुमनाथ पाण्डे र वर्ष ५५ का वीरबहादुर रानाको उद्धार गरी उपचारार्थ पाल्पा अस्पताल पठाइएको छ । पहिरो आएको देखेपछि भाग्ने क्रममा उनीहरु घाइते भएका हुन् ।