तनहुँ पहिरोमा थप एकको शव फेला

-



     सफल आवाज    
     असार ३० गते २०७७ मा प्रकाशित



अविरल वर्षापछि तनहुँमा आएको पहिरोले पुरिएका मध्ये मंगलबार एक जनाको शव फेला परेको छ ।

पहिराले घर पुरिँदा बेपत्ता व्यास–११ ओडारेका ४५ वर्षीय पदमबहादुर भुजेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बेपत्ता भएका चेपाङको सोमबारदेखि नै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका थिए । निरन्तरको प्रयासपछि दिउँसो चेपाङको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । योसँगै तनहँुमा पहिराले पुरिएर निधन हुनेको संख्य ११ पुगेको छ ।

यसअघि, सोमबार १० जनाको मृत्यु भएको थियो । अझै व्यास नगरपालिका–९ माझफाँटका २० वर्षीय राजेश थापा बेपत्ता छन् । उनको खोजी कार्य जारी छ ।

तनहुँको ऋसिङ, व्यास र म्याग्दे गाउँपालिकामा आइतबार राति भीषण पहिरो गएको थियो ।