
बैतडीमा दुई छुट्टाछुट्टै बलात्कारको घटनामा संलग्नको अभियोगमा दुई जना पक्राउ परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा ११ वर्षकी छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले ४५ वर्षका पुरुषलाई पक्राउ गरेको छ ।
‘गाउँपालिका उपाध्यक्षले हामीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले भने ‘प्रहरी त्यहाँ पुग्दा बाबु फरार भइसकेका थिए ।’
भागेर अर्को गाउँ पुगेका उनलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ ।
बैतडीकै अर्काे क्षेत्रमा आमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता जैसीले पुर्चाैडीमा ३२ वर्षीय युवकले आफ्नी ६२ बर्षकी आमा बलात्कार गरेको घटना सार्वजनिक भएको बताए ।
‘आमालाई छोराले बलात्कार गरेको बिषय वडाध्यक्षले प्रहरीलाई बताएका थिए । प्रहरी त्यहाँ पुगेपछि आरोपी छोराले विषादी खाए’ उनले भने ‘अहिले छोरा अस्पतालमा छन् । उनलाई ठीक भएको छ । अब कारबाही प्रक्रिया अघि बढ्छ ।’








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




