
चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार माडी नगरपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका अनुसार माडी नगरपालिका वडा नम्बर १, ७ र ८ का १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरु संक्रमित भएका हुन् । माडी नगरपालिकाका अनुसार उनीहरु सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन् । योसँगै चितवनमा कुल संक्रमितको संख्या १०८ पुगेको छ ।
मंगलबार प्रयोगशालामा कुल ३०८ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८९ नमुनाको रिपोट नगेटिभ आएको छ । चितवन जिल्लाभित्रका मात्र हालसम्म ६१ हजार बढीको नमुना परीक्षण भइसकेको छ ।
यस्तै भरतपुरमा नै गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती र बुलिङटारका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका सबै जना क्वारेन्टिनमा बस्दै आइरहेका छन् ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




