
धवलागिरि हिमालको फेदीतिरमात्र देखिएको सलह पछिल्लो २ दिन भने तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ।सलहले बालीनाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित भएका छन्।
पश्चिम म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकाको सिंगा, भकिम्ली, बगरफाँट, रत्नेचौर, पुलाचौरलगायत गाउँमा लगाएको मकै र धान बाली सलहको झुण्डले नष्ट गरिदिएको किसाने बताएका छन्।
सलहले मकै, धान र कोदो, सुन्तला, केरा र वनका रुखको पात खाएर नष्ट गरेको तोराखेतका एक कृषकले बताए ।
बालीमा पसेको सलह धपाउन स्थानीयले टिन, थाल ठटाउनुका साथै ध्वनि निकालेर भगाउने प्रयास गरेपनि त्यो सार्थक रहेन ।
सलहले सबैभन्दा बढी मकै बालीमा क्षति पु¥याएको छ । सलहले तरकारी र लहरेबालीमा समेत क्षति पु¥याएको स्थानीयले बताएका छन्।
पश्चिम म्याग्दीमा सबैभन्दा धेरै सलह देखिएको छ। कृषि ज्ञान केन्द्रले सलह प्रवेश गरेपनि क्षतिको विवरण प्राप्त भई नसकेको जनाएको छ । दुई हप्ताअघि म्याग्दीको लुलाङ, मुना, बगर, मुदी, सिस्नेरी, घार, सिङ्गा, भकुण्डेलगायतका क्षेत्रमा पनि सलह देखा परेको थियो । तर पानी परेपछि सलह भने हराएकोमा पुनः देखा परेको हो ।