सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको विवाद पेचिलो बन्दै गएको छ । विवाद मिलाउन शीर्ष नेताहरू कसरतमा छन् ।
यसैक्रममा पार्टी अध्यक्षद्वय सहित वरिष्ठ नेता माधव कुमार नेपालबीच छलफल सुरु भएको छ ।
पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचमात्र छलफल भइरहेकोमा बिहीबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएको जनाइएको छ।
प्रधानमन्त्री ओलीको राजीनामा माग्नेमा प्रचण्ड र नेपाल एउटै खेमामा छन्। पछिल्लो समय एक साताका लागि स्थगित भएको स्थायी समिति बैठक बस्नु अघिल्लो दिन भइरहेको तीन नेताहरूको छलफलले केही परिणाम निकाल्ने अपेक्षा छ।
प्रधानमन्त्री ओली भने दुबै पद नछोड्ने अडानमा रहँदा प्रचण्ड-नेपाल पक्षधरले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले दुवैबाट राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।