सिन्धुपाल्चोकको भोटेकोशीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका : दुई जनाको शव फेला, तीन बेपत्ता

-



     सफल आवाज    
     श्रावण १ गते २०७७ मा प्रकाशित



सिन्धुपाल्चोकको फुल्पिङकट्टीमा पहिरोले घर बगाउँदा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा बुधबार राति आएको पहिरोले गेन्जिङ शेर्पाको घर बगाउँदा बेपत्ता भएका पाँचजना मध्ये दुई जनाको शव फेला परेको सिन्धुपाल्चोकका एसपी प्रज्वल महर्जनले जानकारी दिए । महर्जनका अनुसार ३४ वर्षीया निमास्याङ्बो शेर्पा र १६ वर्षीया आङ्जी शेर्पाको शव फेला परेको हो ।एसपी महर्जनका अनुसार ८४ वर्षीया सोमबुटी शेर्पा, ४८ वर्षीया सोमसाङ शेर्पा र १२ वर्षीया छिरिङ शेर्पाको खोजी भइरहेको छ । गेन्जिङ भने घरबाहिर रहेका कारण पहिरोबाट बच्न सफल भएको उनले बताए ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले बेपत्ता तीनजनाको खोजी कार्य जारी राखेको उनले बताए ।