
लमजुङमा एकैदिन कोरोनाका २२ नयाँ केस थपिएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १२७८ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लाको मस्र्याङ्दी, दोर्दी, राइनास, दुधपोखरी, बेशींसहर र क्होलासोथरमा गरि २२ नयाँ संक्रमित थपिएका हुन् । शुक्रबार मस्र्याङ्दीमा ६ पुरुष, दोर्दीमा ४, राइनासमा ६ पुरुष, २ महिला । यसैगरी, दुधपोखरीमा १ पुरुष, बेशिँसहरमा २ र क्होलासोथरमा १ जना पुरुष संक्रमित थपिएका छन्
संक्रमित २२ जनाकै रिपोर्ट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको थियो । संक्रमित २२ जनालाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेकोछ । आज मात्रै गण्डकीमा ४७ संक्रमित थपिएका छन् । यसअघि स्वास्थ्य निर्देशनालय गण्डकीले तनहूँ र नवलपुरमा गरि २५ संक्रमित थपिएको जनाएको थियो ।