विप्लवका कार्यकर्ता पक्राउ

-



     सफल आवाज    
     श्रावण २ गते २०७७ मा प्रकाशित



नेत्रविक्रम चन्द (विप्लव ) समूहका एक जना कार्यकर्तालाई यहाँस्थित प्रहरीले पक्राउ गरेको छ । विषेश सूचनाका आधारमा चन्द्रपुर नपा–८ बेतौना घर भएका ३५ वर्षीय विप्लव कार्यकर्ता वीरेन्द्र पासवानलाई गएराति १०ः३० बजे उनको घरैबाट प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न आपराधिक कार्यमा संलग्न रही फरार रहेका पासवानलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिगएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुुर शाहीले जानकारी दिए ।
रासस