स्याङ्जा फेदीखोलाका अधिकारी मृत फेला

-



     सफल आवाज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित


प्रतिकात्मक तस्वीर


स्याङ्जाको फेदीखोलामा एक जना वृद्ध मृत फेला परेका छन् । फेदीखोला गाउँपालिका वडा १, कटुञ्जेस्वाँराका ६९ वर्षीय गोविन्दप्रसाद पराजुली शनिबार बिहान ५ बजे आफ्नै घरमा भैँसीलाई पानी खुवाउन प्रयोग हुने प्लाष्टिकको ड्रमभित्र मृत फेला परेका हुन् । २ सय लिटरको सो ड्रम घर र गोठको बीचमा राखिएको थियो ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जा पठाइएको र घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।