स्कुटर दुर्घटनामा लेकसाइडकी २१ वर्षीया सुवेदी घाइते

-



     सफल आवाज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित


पोखरामा स्कुटर दुर्घटनामा एक युवती घाइते भएकी छन् ।

पोखरा ६, डिहिगोपाटनमा ग २ च १५०२ नम्बरको पानीबोक्ने भ्यानले ग १६०८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पोखराको लेकसाइड बस्ने २१ वर्षीया सवनम सुवेदी घाइते भएकी छन्।

शनिबार बिहान ११ बजे भएको सो दुर्घटनामा घाइते सुवेदीको पोखरा सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।