रगत अभाव हुन नदिन लकडाउनबीच रक्तदान

-



     सफल आवाज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित



मानव मिलन संस्था, पोखराले शनिबार पोखरामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ८७ युनिट रगत संकलन भयो ।

कोभिड–१९ को महामारीबीच क्षेत्रीय रक्तसंचार केन्द्रमा सम्भावित रगत अभाव हुन नदिन संस्थाले सो कार्यक्रम गरेको हो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्य, गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसी लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारे ।

संस्थाका अध्यक्ष गुप्तप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक द्वितीय उपाध्यक्ष टंकप्रसाद पौडेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सचिव नम्रता बरालले संचालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष कमला शर्माले गरेकी थिइन् । कार्यक्रममा प्राविधिक सहयोग क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखराले गरेको थियो ।