सूर्य नेपालबाट सुदूरपश्चिमलाई १ करोड

-



     सफल आवाज    
     श्रावण ३ गते २०७७ मा प्रकाशित



सूर्य नेपालले सुदूरपश्चिम प्रदेश सरकारलाई १ करोड रुपैयाँ सहयोग गरेको छ । सूर्य नेपालले यसअघि कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा उपचार कोषको लागि गण्डकी सरकारलाई पनि सो बराबरको सहयोग गरेको थियो ।

सूर्य नेपालका क्षेत्रीय प्रबन्धक दामोदर शर्मा, न्यू शिव ट्रेडर्सका धर्मानन्द मिश्र, रविन्द्र ट्रेडर्स महेन्द्रनगरका जगराज पाण्डे लगायतको टोलीले शनिवार मुख्यमन्त्री त्रिलोचन भट्टलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

दातालाई धन्यवाद ज्ञापन गर्दै मुख्यमन्त्री भट्टले अभियानअन्तर्गत निजी क्षेत्रबाट हालसम्म सबैभन्दा ठूलो रकम प्राप्त भएको बताए ।

सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश सरकारलाई सो रकम हस्तान्तरण गरेको सूर्य नेपालका क्षेत्रीय प्रबन्धक शर्माले जानकारी दिए ।