नेकपाभित्रको विवाद: स्थायी कमिटी बैठक फेरि स्थगित

-



     सफल आवाज    
     श्रावण ४ गते २०७७ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक पटक पटक स्थगित हुँदैआएको छ ।

आइतबार दिउँसो ११ बजे बस्ने भनिएको बैठक एक दिन पर धकेलिएको छ ।

बैठक अब मंगलबार बिहान १ १ बजेमात्र बस्ने नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त विज्ञप्ति प्रकाशित जानकारी गराएका हुन ।

यसअघि शनिवार बसेको नेकपा सचिवालय बैठकमा मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका थिए । सो प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरूले समर्थन जनाएका थिए ।

सचिवालय बैठकपछि प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठबीच आइतवार प्रचण्ड निवास खुमलटारमा छलफल भएको थियो ।

शनिवार बसेको सचिवालय बैठकमा आइतबारका लागि तय भएको स्थायी कमिटी बैठक नरोक्ने सहमति भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए । अन्ततः बैठक स्थगित हुन पुगेको हो ।

गत असार १० देखि शुरू स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीको राजीनामा माग गरिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।

सहमतिको प्रयासका लागि भन्दै पार्टीको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।