पहिराले पुरिएर एकको मृत्यु

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित


कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ ।गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

कार्कीका अनुसार, “आठ जना गएकामध्ये मृतक गुरुङ शौच गर्न भनेर खोला छेउ जङ्गलमा गएका थिए”, त्यही बीचमा आएको पहिरामा परी आइतबार साँझ गुरुङको मृत्यु भएको हो । पहिरामा पुरिएका गुरुङको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।