
कपडा व्यवसायी एशोसिएसन कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ युनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्र कास्कीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रम एशोसिएसनको नियमित वार्षिक कार्यक्रम हो ।
पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले पहिलो रक्तदाता विष्णु अधिकारीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गर्दै हालै जारी मौद्रिक नीतिले व्यवसायीका समस्या सम्बोधन गर्ने प्रयास गरेको बताए ।
कार्यक्रममा एशोसिएसनका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य रामेश्वर अधिकारी, चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समिति अध्यक्ष डिबी भुजेल, भाँडा व्यवसायी समिति कास्की अध्यक्ष बलराम तिमिल्सिनाले बोलेका थिए ।
यस्तै थोक व्यवसायी संघ पोखरा अध्यक्ष टामलाल घिमिरे, फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्की प्रथम उपाध्यक्ष राजु पौडेल, सर्वेश्वर व्यवसायी समिति अध्यक्ष एकनारायण पनेरु र बुद्ध विशाल बजार व्यापारिक एशोसिएसन उपाध्यक्ष शिव शर्माले पनि बोलेका थिए ।
यस्तै, आगलागीपीडित एशोसिएनका साधारण सदस्य स्मार्ट फेसनका संचालक पशुपति ताम्राकारलाई १० हजार सहयोग प्रदान गरिएको छ ।
एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक वीरेन्द्र कँुवर र संचालन महासचिव धर्ममानसिंह भण्डारीले गरेका थिए ।
२०५४ सालमा स्थापित एशोसिएसनमा २ सय ५० बढी व्यवसायीहरु आवद्ध छन् ।