
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २० पुगेको छ । सोमबार ३ नयाँ संक्रमित थपिएका हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा गोरखाका ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गोरखाको भीमसेन थापाका २८ वर्षीय, शहीद लेखनका २५ वर्षीय र पालुङटारका २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गण्डकीका १ १ जिल्लामा कुल संक्रमितमध्ये १ हजार १८ जना निको भइ घर फर्केका छन् ।
