नेपालमा थपिए १८६ कोरोना संक्रमित

-



     सफल आवाज    
     श्रावण ५ गते २०७७ मा प्रकाशित



नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १ सय ८६ जनामा कोभिड–१९ पुष्टि भएको हो ।

संक्रमितमध्ये ११ हजार ८ सय ६८ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यस्तै, उनका अनुसार २४ घण्टामा १ सय ७३ जना डिस्चार्ज भए ।