
काठमाडौं, नेपाली काँग्रेस महिला विभागलाई पूर्णता दिइएको छ ।
पार्टीको विधान अनुसार सभापति शेरबहादुर देउवाले विभागको सचिव र सदस्यहरु मनोनयन गरेका हुन् ।
विभागको सचिवमा लक्ष्मी खतिवडा चयन भइन् ।
सदस्यहरूमा अनार बस्नेत, अम्बिका न्यौपाने, ईन्दिरा कोइराला, कल्पना केसी, कृष्णकुमारी बस्नेत, खगेश्वरा आचार्य, खगेश्वरी भण्डारी, खगेश्वरी शर्मा, गुणलक्ष्मी ज्ञवाली, जन्नतुन निशा धुनियाँ, टीकाकुमारी बुढा थापामगर, ठाकुरकुमारी पौडेल, दुर्गादेवी महतो छन् ।
यस्तै, अन्य सदस्यमा धनलक्ष्मी श्रेष्ठ, धनसिला मल्ल, नगिना यादव, नारुदेवी ओझा, निर्मला खड्का, पार्वती यादव, पुष्षलता लामा, प्रेमकुमारी तामाङ, मनोरमा शेरचन, ममता तामाङ, यशोदा चालिसे, रमादेवी न्यौपाने, राधिका सिंह, रीता चौधरी, रेखा गुरुङ, ललिता सुनार, लालीमाया तामाङ, शकुन्तला त्रिपाठी, शर्मिला श्रेष्ठ, शारदा पौडेल, सुशीला थापा, सुशीला यादव, सङ्गिता चौधरी र सावित्री गुरुङलाई मनोनयन गरिएको हो ।
सभापति देउवाले उक्त विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेलाई गत फागुन १९ गते मनोनयन गरेका थिए ।