गण्डकीमा ९ संक्रमित थपिए, कुल १३२९ संक्रमित

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित



पोखरा, गण्डकी प्रदेशमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा कुल संक्रमित संख्या १ हजार ३ सय २९ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा म्याग्दी, बागलुङ र स्याङ्जामा ३–३ जना पुरुषमा कोभिड–१९ संक्रमित देखिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका २३ र २४ वर्षी, बेनी नगरपालिकाका ३२ वर्षीय पुरुष कोरोना संक्रमित बनेका हुन् ।

बागलुङको ताराखोलाका वर्ष २५ का २ जना र वर्ष ४३ का १ जना पुरुष पनि संक्रमित बने ।

यस्तै स्याङ्जाको फेदीखोला गाउँपालिकाका वर्ष ३१, ५५ र ५८ का पुरुषको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको जनाइएको छ ।

उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वस्थ्य निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदबिन्दु शर्माले जानकारी दिए ।

गण्डकीमा कोरोना संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ ।

यस्तै, १ हजार २० जना अर्थात् ७७ प्रतिशत निको भइ घर फर्केका छन् ।