सर्लाहीको वाग्मती नदीमा फसेका दुईको उद्धार

-



     सफल आवाज    
     श्रावण ६ गते २०७७ मा प्रकाशित


फाइल तस्वीर



सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।
बागमती नगरपालिका(१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको उद्धार गरिएको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

बाढीमा दुई जना युवक फसेको सूचना पाएपछि प्रहरी नायव निरीक्षक मोहनमणी कटुवालको नेतृत्वमा खटिएको ८ जना प्रहरीको टोलीले दुवै जनालाई सकुशल उद्धार गरेको कुँवरले बताए । उनका अनुसार दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


लगातारको वर्षाले वाग्मतीसहित प्रदेश २ का नदी र खोलाको सतह बढ्दै गएको छ ।