
जिल्ला प्रहरी कार्यालय नुवाकोटले तादी गाउँपालिकाका स्थानीय दुई जनालाई हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा चलाएको छ ।गत असार ११ मा भरुवा बन्दुक प्रयोग गरी वन्यजन्तु मारेको आशंकामा तादी–१ का ४६ वर्षीय वीरबहादुर मोक्तान र सोही ठाउँका ४२ वर्र्षीय श्यामबहादुर मोक्तानलाई प्रहरीले आज मुद्दा चलाएको हो ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयले चोरी निकासी तथा ९आखेटोपहार० ओसारपसार कसुरमा अभियुक्तद्वयलाई आवश्यक अनुसन्धान गरेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले उनीहरुलाई निकुञ्जले अनुसन्धान प्रश्चात् जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीको लागि आज बुझाएको जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुको साथबाट भरुवा बन्दुक एक थान, बन्दुकमा लाग्ने पार्टपूर्जा दुई थान, बारुद अन्दाजी बीस ग्रामसहित पक्राउ परेको प्रहरी निरीक्षक फुयाँलले जानकारी दिए ।








पोखरा, ७ मंसिर । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ, कास्कीको अध्यक्षमा होमविलास सापकोटा निर्वाचित…
काठमाडाैं, ७ मंसिर। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा…
पोखरा, ७ मंसिर। प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडको आयोजना तथा ला ग्राण्डी इन्टरनेसनल कलेजको समन्वयमा कलेजमा…
काठमाडौं, ७ मङ्सिर । भारतले नेपाललाई २ खर्ब ४० अर्ब बराबरको विकास सहायता उपलब्ध गराउने… 




