नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, यातायात अबरुद्ध

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित


फाइल फोटो।


नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा यातायात अबरुद्ध भएको छ । सो सडकखण्डअन्तर्गत चारकिलोमा गएको पहिरो ३६ घण्टा लगाएर पन्छाए पनि पुनः भरतपुर–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीले चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको बताए ।

राति पौने ९ बजेतिर ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ ।

चारकिलोमा खसेको पहिरो पन्छाएर मंलबार दिउँसो साढे बजे एकतर्फी खुलाइएको थियो ।

पन्ध्रकिलोमा खसेको पहिरो भने हटाउन के कति समय लाग्छ भन्न नसकिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।