
प्रतिकात्मक तस्वीर
पोखरा । स्याङ्जामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्याङ नगरपालिका वडा १०, गाउँस्वाँराकी ५२ वर्षीया माया सारु हुन् ।
अविरल वर्षापछि बुधबार बिहान सवा ५ बजे करिब ३० मिटर माथिबाट खसेको पहिरोले उनको घर बगाएको थियो ।
पहिरोमा उनकी २० वर्षीया छोरी नारायणी सारु घाइते छन् ।
घाइते उनको गल्याङ नगर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र, वालिङ पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।