कोडिभ–१९ को जोखिमका कारण रोखिएको मापसे जाँच शुरु

-



     सफल आवाज    
     श्रावण ७ गते २०७७ मा प्रकाशित




काठमाडौं । कोडिभ–१९ को जोखिमका कारण रोखिएको मादक पदार्थ सेवन परीक्षण (मापसे) शुरु भएको छ ।

बुधबारबाट सवारी चालकको मापसे परिक्षण गरिने महानगरीय ट्रापिक प्रहरी महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम प्रसाद ढकालले जानकारी दिए ।

चैत ७ बाट काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले मापसे परीक्षण रोकेको थियो । चार महिनापछि मापसे जाँच सुचारु भएको छ ।

‘मापसे गरेको फेला परे अब मेडिकल गरेर कारवाही गर्छौँ’ एसएसपी ढकालले भने, ‘सवारी सञ्चानलमा लगाएको प्रतिबन्ध खुकुलो भएसँगै मापसे जाँच पनि शुरु गर्ने निर्णय गरेका हौँ ।’