
पहिरोको सांकेतिक तस्वीर ।
लमजुङ्को मस्र्याङ्दी गाउँपालिका वडा ३, खुदी पल्लोटारीमा भीषण पहिरो गएको छ । पहिरोमा १८ घरमा पूर्ण क्षति पुगेको छ । घटनामा ३ जना घाइते भएका छन् ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीका अनुसार घाइतेको उपचारार्थ अस्पताल लगिएको छ ।
अविरल वर्षापछि खसेको भीषण पहिरोका कारण ८० घर परिवार विस्थापित भएको उनले बताए ।
पहिरो गएका केही घरका मानिसहरु अघिल्लो दिन नै सुरक्षित स्थानमा गएको हुँदा ठूलो मानवीय क्षति टरेको बताइएको छ ।