
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाका क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको निधनले आफू मर्माहत भएको बताए। आज वक्तव्य जारी गर्दै उहाँले नेपाली मुक्तिकामी आन्दोलनका अविचलित र अथक योद्धा बुढाको विशेष गरी रोल्पाली जनताको मुक्तिकामी आन्दोलनमा ऐतिहासिक योगदान रहेको बताए ।
“सामन्तवाद विरोधी मुक्तियुद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहनुभएको थियो, उहाँको निधनले नेपाली मुक्तिकामी आन्दोलनले एक अभिभावक गुमाएको छ”, वक्तव्यमा अध्यक्ष दाहालले भने, “सङ्घर्षका प्रेरणादायी अभिभावक बुढाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।” उहाँले शोक सन्तप्त परिवारजन तथा आफन्तजनमा पनि समवेदना प्रकट गरेका छन ।
बुढाको उपचारका क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको थियो ।