
पोखरा । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जामा जीप दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको रम्भा–४ का १६ वर्षीय मनबहादुर सारु हुन् ।
त्रियासीबाट बयरघारीतर्फ जाँदै गरेको ग १ ज ७४४५ नम्बरको जीपबाट खसेर घाइते सारुको उपचार क्रममा मृत्यु भएको हो।
बुधबार बिहान पौने ९ बजे भएको सो दुर्घटनामा घाइते सारुको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । त्यहाँबाट गण्डकी मेडिकल कलेज पोखरा रेफर गरिएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार जीपसहित चालक नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भइरहेको छ ।