मट्टितेल छर्केर श्रीमतीलाई आगो लगाउने गिरफ्तार

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित


काठमाडौं । श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाउने सप्तरी सुरुङ्गा नगरपालिका–३ बस्ने दिपेन सदालाई प्रहरीले पक्रेकोे छ । दिपेनले २७ वर्षीया श्रीमतीलाई मट्टितेल छर्केर आगो लगाई घाईते बनाएका थिए ।

प्रहरी चौकी लक्ष्मीपुर र ईप्रका भेडियाबाट खटिएको टोलीले बुधवार २९ वर्षीय सदालाई पक्रेको हो । घाईतेको धरान स्थित घोपा अस्पतालमा उपचार भइरहेको छ ।