श्रीमती हत्यापछि जेल सजाय भोग्दै आएका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइराला जेलमुक्त भएका छन् ।
श्रीमती गीता ढकालको हत्यामा जेल सजाय भोग्दै आएका पूर्वडीआईजी कोइरालालाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले गत असार १५ मा सजाय घटाउने फैसला गरेको थियो ।
सर्वस्वसहित जन्मकैदमा उनले मात्र ८ वर्ष ६ महिना कैद सजाय भुक्तान गरेका छन् । डिल्लीबजार कारागारमा सजया भोग्दै आएका कोइराला बिहीबार थुनामुक्त भएका हुन् ।
विसं २०६८ मा पत्नी गीताको हत्या गरी शव नष्ट गर्ने उद्देश्यले उनले मकवानपुरको पालु्ङमा लगेर जलाएका थिए । सो अभियोगमा कोइरालालाई दोषी करार गर्दै काठमाडौं जिल्ला अदालतले २०७१ वैशाख ७ मा सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो । सो फैसलालाई उच्च अदालत पाटनले २०७२ मंसिर २३ मा सदर गरेको थियो ।