थपिए १४७ कोरोना संक्रमण,१ जनाको मृत्यु

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित


८ साउन, काठमाडौं । बिहीबार नेपालमा १ सय ४७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।