थपिए १४७ कोरोना संक्रमित, मृत्यु हुने ४३ पुगे

-



     सफल आवाज    
     श्रावण ८ गते २०७७ मा प्रकाशित



नेपालमा गएको २४ घण्टामा थप १ सय ४७ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा सो कुराको जानकारी दिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ४७ जनाको आरटी–पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ३ हजार ४ सय ८१ जनाको आरटी पीसीआर गरिएको हो । योसहित नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ५६ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १२ हजार ८ सय ४० पुगेको छ।

यसैगरी, कोभिड–१९ का कारण वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ ।

मन्त्रालयका प्रवक्ता डा गौतमले स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई नारायणी अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएकोमा बुधवार मृत्यु भएको जानकारी दिए । योसहित कोरोनाका कारण नेपालमा हालसम्म ४३ जनाको मृत्यु भएको छ।