ट्याक्टर ठक्करले मृत्यु

-



     सफल आवाज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित


प्रतिकात्मक तस्वीर


पोखरा, ९ साउन । स्याङ्जाको कालीगण्डकीमा ट्याक्टर ठक्करले ७६ वर्षीय कृष्ण रेश्मीको मृत्यु भएको छ ।

गएराति कालीगण्डकी १, ठाटीभञ्ज्याङस्थित भित्री कच्ची सडकमा लु३त ४२०१ नम्बरको ट्याक्टरले उनलाई ठक्कर दिइ घाइते बनाएकोमा उपचार क्रममा गएराति मिसन अस्पताल तानसेनमा उनको मृत्यु भएको हो ।

स्याङ्जा प्रहरीका अनुसार ट्याक्टरचालक २७ वर्षे रिकबहादुर गाहा पक्रा परेका छन् ।