गण्डकीमा १३६० पुगे कोरोना संक्रमित

-



     सफल आवाज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ साउन । गण्डकी प्रदेशमा १० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । योसँगै कुल संक्रमित संख्या १ हजार ३ सय ६० पुगेको छ ।

नयाँ संक्रमित देखिएकाहरुको नमुना पोखरास्थित परीक्षण क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको हो ।

नयाँ संक्रमितमध्ये कास्कीमा ५ जना थपिएका छन् । पोखरा महानगरपालिकामा वर्ष २३, ३५ र ४० का गरी ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वर्ष ५२ की महिला र वर्ष ५५ का पुरुषमा कोभिड–१९ संक्रमण देखिएको छ ।

लमजुङमा थप ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । जिल्लाको क्लोहोसोथारका वर्ष २९, बेशीसहरका वर्ष २३ र मध्यनेपाल नगरपालिकाका वर्ष २५ का पुरुषको पीसीआर परीक्षण पोजेटिभ देखिएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष ४८ का पुरुष, बागलुङ तमानखोलाका २७ वर्षीय पुरुष संक्रमित छन् ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम प्रवक्ता एवं स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले हालसम्म प्रदेशबाट १ हजार ९८ जना कोरोना संक्रमित निको भएको बताए ।