पोखरामा ८० वर्षीय वृद्ध मृत फेला

-



     सफल आवाज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित


प्रतिनिधि तस्बिर


पोखरा, ९ साउन ।पोखरामा एक वृद्ध मृत फेला परेका छन् ।

पोखरा १३, ढिकालेथर बस्ने वर्ष ८० का तेजबहादुर गुरुङ स्थानीय दुईकुलाको मुहानमा शुक्रबार बिहान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान कसैलाई नसोधी घरबाट निस्केका गुरुङले लगाएको चस्मा र चप्पल घरबाट करिब २ सय मिटर पर सेती नदी नहर छेउमा फेला परेको सूचनापछि खोजतलास सुरु गरिएको थियो ।

उनको शव पोखरा १३, दुईकुलाको मुहानमा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालले जानकारी दिए । सो घटनाको अनुसन्धान जारी रहेको उनले बताए ।