मोटरसाइकल दुर्घटनामा दम्पती घाइते

-



     सफल आवाज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित



पाेखरा । पोखरामा मोटरसाइकल दुर्घटनामा परी दम्पत्ती घाइते भएका छन् ।

पोखरा ८, सिर्जनाचोकस्थित जाल्पारोडमा भएको मोटरसाइकल दुर्घटनामा पोखरा ९, पृथ्वीचोकका ५० वर्षीय देवानन्द भट्टराई र उनकी श्रीमती ४७ वर्षीया कल्पना भट्टराई घाइते भएकी हुन् ।

गएराति साढे ८ बजे लु २५ प ५१८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटनामा परेको हो । सो दुर्घटनामा घाइते भट्टराई दम्पतीको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।